क्रिकेटर सन्दीपको मुद्दा हेर्दहेर्दैमा



काठमाडौं ।
नाबालिगमाथि बलात्कारको आरोपमा थुनामा रहेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दा शुक्रबारका लागि हेर्दहेर्दैमा राखिएको छ ।
लामिछानेविरुद्धको मुद्दाको थुनछेक बहस बिहीबार पनि नसकिएपछि लामिछानेको मुद्दा शुक्रबारका लागि हेर्दहेर्दैमा राखिएको हो । प्रतिवादी सन्दीपका तर्फबाट बिहीबार आठ अधिवक्ताले बहस गरेका छन् ।
कात्तिक १४ गते सोमबार काठमाडौं जिल्ला अदालतमा दर्ता भएको सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा मंगलबार बयान भएको थियो । बुधबारबाट जारी थुनछेक बहसमा बिहीबारसम्म चार सरकारी वकिल र ११ जना अधिवक्ता गरी १७ जनाले बहस गरिसकेका छन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा थुनछेक बहस नसकिएपछि अब शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको छ ।