पांच हजार घुससहित नायब निरीक्षक पक्राउ



काठमाडौं ।
धनुषामा कार्यरत प्रहरी नायब निरीक्षक देवकी लाल चौधरी घुससहित पक्राउ परेका छन् ।
धनुषाको जटहीस्थित सीमा प्रहरी चौकीमा कार्यरत चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । सेवाग्राहीबाट ५ हजार रुपैयाँ घुस लिदै गर्दा उनी पक्राउ परेका हुन् ।
सो क्षेत्रमा प्रहरीले दुःख दिएपछि सेवाग्राहीले अख्तियार बोलाएर पक्राउ गराएका हुन् । तराईका धेरै जिल्लामा यस्तो घुसखोरी मौलाएको छ ।