
अर्का एक हस्ती वाजिदकाे मृत्यु, वलिउड शाेकमा



काठमाण्डाै १९ जेठ ।
वलिउडको चम्किलो तारा वाजिद खानको मृत्युु भएको छ । उनको मृत्युको खवरले पुरा वलिउड शोकमा छ । विगत लामो समयदेखी किड्नी र मुटुको समस्यासंग जुधिरहेका थिए । १८ गते आइतवार दिउसो उनको स्वास्थ्यमा गम्भिर समस्या देखिएपछी मुम्वइको एक चेम्वर अस्पतालमा भर्ना गरिएकोे थियो र उनलाई भेन्टिलेटरमा राखिएको थियो ।
उनको निधन किड्नीको कारण वताएपनी किड्नी उपचारको दौरानमा एक साता अघि कोरोना टेस्ट गर्दा उनमा कोरोन पोजिटिभ देखीएको थियो । उनको मृत्युको खवरले प्रियंका चोपडा,सोनु निगम, सलीम मचेट, सलमान खानले शोक व्यक्त गरेका छन । वाजिद खानले सलमान खानको फिल्म दबंग, वांटर, वीर, नो प्रोवलम, पाटनर लगायत फिल्मको गितमा स्वर समेत दिएका थिए ।
उनले दवंग २, दवंग ३, सन अफ सरदार, राउडि राठौर, एक था टाइगर, हाउसफुल २ लगायत सुपरहिट फिल्लमा संगित दिएका थिए । तीन साता अघिमात्र बलिउडका चर्चित अभिनेता इरफान खान र ऋषि कपुरकाे निधन भएको थियो ।
