क्रिकेटर सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश



काठमाडौं ।
नाबागिल बलात्कार आरोप लागेका लागेका क्रिकेटर सन्दीप लामिछाने पुर्पक्षका लागि थुनामा पठाइएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएका जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए ।
गत मंगलबारदेखि चलेको थुनछेक बहसमा शुक्रबार सरकारी वकिलले बहस गरेपछि न्यायाधीशले सो आदेश सुनाएको हो ।