उत्तर कोरियाद्धारा ब्यालिस्टिक मिसाइल प्रहार



एजेन्सी ।
उत्तर कोरियाले समुद्रमा चार छोटो दुरीका ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ ।
उत्तर कोरियाको प्रक्षेपणको लहरमा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल र सन् १९५३ मा कोरियाली युद्धको अन्त्यपछि शनिबार पहिलो पटक उक्त मिसाइल प्रहार गरिएको दक्षिण कोरियाली सेनाले जनाएको छ ।
संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य अभ्यास गरिरहेका बेला यो प्रक्षेपण भएको हो । अमेरिका र दक्षिण कोरियाको संयुक्त सेना अभ्यासबाट क्रुद्ध उत्तर कोरियाले त्यसलाई ‘आक्रामक र उत्तेजक’ भनेर वर्णन गरेको छ ।