डोटीमा भूकम्पले घर भत्काउँदा तीन जनाको मृत्यु



धनगढी ।
डोटीमा बुधवार बिहान २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्यूडको भूकम्पले घर भत्काउँदा तीन जनाको मृत्यु भएको छ ।
पूर्वीचौकी गाउँपालिका–३ गैरा गाउँ ठक्कर बोहराको घर भत्काउँदा तीन जनाको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले बताए । गाउँपालिका अध्यक्षका अनुसार एक महिला र दुई बालबालिकाको शव च्यापिएको अवस्थामा भेटिएको छ । उनीहरुको सनाखत हुन बाँकी छ । अन्य घाइतेको उद्दार गरिएको अध्यक्ष उपाध्यायले बताए । उद्दारमा नेपाली सेनाको टोली खटिएको छ भने थप विवरण आउन बाँकी छ ।
यसअघि मंगलवार राति ९ बजेर ७ मिनेटमा डोटी केन्द्रविन्दू भएर भूकम्पको धक्का महशुस गरिएको थियो ।