हुम्लामा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, २ घाइते



सिमकोट ।
हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । नाम्खा गाउँपालिका–५ स्थित यारीको बुका पाल्वाङमा बोलेरो जिप दुर्घटना भएको हो ।
यारीका लागि गएको बा१८च १४१७ नंको बोलेर जिप आज ११ बजे दुर्घटना हुँदा नाम्खा गाउँपालिका–५ यारी गाउँका २८ वर्षका कुुङ्गा तान्जेन लामाको घटनास्थलमै मृत्यु भएको हो । घाइते हुनेमा नाम्खा गाउँपालिका–५ यारीगाउँका ३१ वर्षका जिक्मेत तामाङ र चालक नाम्खा गाउँपालिका–१ को हेक्पागाउँका २२ वर्षका कुन्जोक लामा रहेका छन् । चालक लामा सामान्य घाइते भएका छन् । स्टेरिङ फेल भएपछि सडकबाट तीन सय मिटर तल जिप खसेको प्रहरीले जनाएको छ ।
घाइते दुवै जनालाई हेलिकोप्टरबाट सदरमुुकाम सिमकोटमा उद्धार गरी अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । घाइते एकको टाउकामा चोट लागेको छ भने एकको अवस्था सामान्य रहेको जिल्ला अस्पताल हुम्लाका सिनियर अनमी सरिता बोहराले बताए ।