आज एक-दुई स्थानमा हिमपातको सम्भावना


काठमाडौं ।
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । शुक्रबार देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमाली भू-भागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ।
शनिबार प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
प्रदेश नं १,बागमती तथा गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानहरूमा हल्का वर्षा र हिमाली भू(भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।