यसरी नयाँ बन्दै छ लाप्राक



आश्विन २५, २०७४-भूकम्पले क्षतविक्षत बनाएको गोरखाको लाप्राक काँचुली फेर्ने तरखरमा छ । पुरानो बस्ती पुरै चिराचिरा परेपछि गुप्सीपाखामा सारिएको बस्ती बन्दै गरेका घरले निकट भविष्यमै काँचुली फर्ने छ । गैर आवासीय नेपाली संघको पहलमा बन्न लागेको पुरै वस्ती निर्माण भइसकेपछि भूकम्प पीडितलाई वितरण गरिने संघका अध्यक्ष शेष घलेले जानकारी दिएका छन् । युद्धस्तरमा निर्माणको काम भइरहेको त्यस वस्ती गैर आवासीय नेपाली संघलाई नेपाली सेनाले निर्माणको काममा सघाएको छ । गुरुङ संस्कृति अनुसार पाँच सय ७३ घर निर्माण भइसकेपछि टोल छुट्टयाएर गोलाप्रथाद्वारा स्थानीयलाई हस्तान्तरण गरिनेछ । मनास्लु पदमार्गमा पर्ने लाप्राक पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण छ ।