बागी निष्क्रिय पार्न अधिकतम प्रयास गर्दै गठबन्धन



काठमाडौं ।
सत्ता गठबन्धनले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उठेका उम्मेदवारलाई निष्क्रिय पार्न अधिकतम प्रयास गर्ने निर्णय गरेको छ ।
शनिबार नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा बसेको सत्तारुढ गठबन्धनको केन्द्रीय निर्वाचन परिचालन समितिको सचिवालय बैठकले सो निर्णय गरेको हो ।
निर्वाचन परिचालन समितिका सदस्य डा. सुरेश आचार्यका अनुसार बैठकले बागी उमेदवारहरुलाई निस्क्रिय पार्ने काममा ध्यान दिन गठबन्धन दलका शीर्ष नेताहरुलाई पुनः ध्यानाकर्षणसमेत गराएको छ ।