एमालेको चुनावी प्रचारमा सहभागी भएका मेयरलाई २५ हजार जरिवाना


  • एमालेको चुनावी प्रचारमा सहभागी भएका मेयरलाई २५ हजार जरिवाना
  • काठमाडौं । निर्वाचन आयोगले बाराको पचरौता नगरपालिकाका मेयर जलन्धरसिंह जैसवारलाई कारबाही गरेको छ । निर्वाचन आचारसंहिताविरुद्ध नेकपा एमालेको चुनावी प्रचारमा सहभागी भएपछि आयोगले मेयर जैसवारलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो । जैसवारले चित्तबुझ्दो जवाफ नदिएपछि आयोगले नगद २५ हजार रुपैयाँ जरिवाना गरेका हो । निर्वाचन आचारसंहितअनुसार स्थानीय सरकारका जनप्रतिनिधिले आफू निर्वाचित भएको स्थानीय तहमा कुनै पनि राजनीतिक दलको चुनावी प्रचार प्रसार गर्न पाउँदैनन् । तर, जैसवार भने नियमितजसो एमालेको प्रचारमा सहभागी हुने गरेका छन् ।
    त्यसैगरी, जैसवारले निर्वाचन आचारसंहिता लागु भइसकेपछि वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएको बाहेकका कार्यक्रम गरेको विषयमा समेत आयोगले प्रश्न गरेको थियो । जैसवारले एमालेको पक्षमा जनमत बनाउन स्वीकृत बजेट तथा कार्यक्रम बाहेकका कार्यक्रम गरेका थिए । आयोगले मेयर जैसवारविरुद्ध नगरपालिकाको तलब भत्ता तथा प्रशासनिक खर्च बाहेक अन्य रकम निकास नगर्न कोष तथा लेख नियन्त्रण कार्यालयलाई लेखिपठाउने समेत निर्णय गरेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *