निर्वाचन सुरक्षामा ३४ हजार सशस्त्र प्रहरी


  • निर्वाचन सुरक्षामा ३४ हजार सशस्त्र प्रहरी
  • काठमाडौं । निर्वाचनमा ३४ हजार ८ सय ३८ सशस्त्र प्रहरी खएिका छन् । निर्वाचनमा जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयको सुरक्षा बिशेष जिम्मेवारी छ । यसबाहेक सीमा सुरक्षा पनि सशस्त्रकै जिम्मेवारीमा छ । बिहीबार रातिदेखि भारतसँगका सबै नाका बन्द भएकाले नाकामा निगरानीको जिम्मेवारी सशस्त्र प्रहरीको काँधमा छ । यो जिम्मेवारीका लागि सबै नाकामा सशस्त्र प्रहरी बोर्डर आउटर पोष्टबाट परिचालन भएको सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी पुरुषोत्तम थापाले बताए । निर्वाचन सुरक्षाका लागि सशस्त्र प्रहरीले रिजर्भ फोर्स र क्यूआरटी पनि खटाएको योजना बनाएको छ । ‘निर्वाचनलाई शान्तिपूवर्क सम्पन्न गराउन सशस्त्र प्रहरी योजनाबद्ध रुपमा परिचालित छ,’ प्रवक्ता थापा भन्छन्,‘सीमा सुरक्षादेखि मतपेटिकाको सुरक्षासम्मको जिम्मेवारीमा हामी खटिएका छौं ।’
    सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले जनताले ढुक्क भएर मत हाल्ने वातावरण बनाइएको बताएका छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *