ललितपुर–३ को मतगणना सुरु



काठमाडौं ।
ललितपुर क्षेत्र नम्बर ३ को मतगणना सुरु भएको छ । बिहान साढे २ बजेबाट स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान जावलाखेलमा मतगणनाको कार्य सुरु भएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले बताए ।
उक्त क्षेत्रमा गठबन्धनको तर्फबाट पम्फा भुसाल, नेकपा (एमाले)बाट अमृत खड्का र राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की छन् ।