मुस्ताङमा कांग्रेसले खाता खोल्यो, योगेश गौचन विजयी



काठमाडौं ।
नेपाली कांग्रेसले हिमालपारिको जिल्ला मुस्ताङबाट आफ्नो विजयी सुरुवात गरेको छ ।
मुस्ताङमा केहिबेरअघि सम्पन्न मतगणनाबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेस उम्मेदवार योगेश गौचन ३ हजार ९९२ मतका साथ विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका निवर्तमान सांसद प्रेम तुलाचनले ३ हजार ७८ मत पाएका छन् । गौचन र तुलाचनको मतान्तर ९ सय १४ रहेको छ । २९ वर्षका गौचन कांग्रेसका कान्छा सांसद बनेका छन् ।