कोरोना संक्रमितको संख्या वढ्दै, एकैदिनमा थपिए २ सय ८८



काठमाण्डौ
पछिल्लो २४ घण्टामा मंगलबार थप २ सय ८८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २ सय ८८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
देशका विभिन्न ठाउँमा गरिएको प्रयाेगशालामा गरिएको परिक्षणमा उक्त संख्या पुष्टि भएको हो । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९९ जना पुगेको छ ।
यस्तै मंगलबार देशका विभित्र काेराेना विषेश अस्पताल बाट ४५ जना काेराेना जितेर घर फर्केका छन । याे सँगै नेपालमा काेराेना संक्रमण जितेर घर जानेको संख्या २ सय ६६ पुगेको छ । मृत्यु हुनेको संख्या दुइ वर्षिया बालिका सहित ८ जना छ ।