नौ क्षेत्रमा समाजवादीका उम्मेदवारको अग्रता



काठमाडौं ।
हालसम्म मतगणना सुरु भएका क्षेत्रमध्ये नौ क्षेत्रमा नेकपा एकीकृत समाजवादीका उम्मेदवारले अग्रता लिएका छन् । उपत्यकाका दुवै क्षेत्रमा समाजवादीका उम्मेदवारले न्यून मत ल्याएकोमा उपत्यका बाहिर उनीहरुले अग्रता कायम राखेका छन् ।
धादिङ–१, रौतहट–१, दाङ–१, बारा–४, मकवानपुर–२, सल्यान, डोल्पा, अछाम र डोटीमा एकीकृत समाजवादीका उम्मेदवारको अग्रता छ ।
धादिङ– १ मा राजेन्द्र पाण्डे, रौतहट १ मा माधव कुमार नेपाल, दाङ १ मा मेटमणी चौधरी, बारा ४ मा किसन श्रेष्ठ, मकवानपुर २ मा बिरोध खतिवडा, सल्यानमा प्रकाश ज्वाला, अछाममा शेरबहादुर कुँवर, डोटीमा प्रेम आले र डोल्पामा धनबहादुर बुढाले अग्रता कायम राखेका छन् ।
यसबाहेक इलाम १ मा झलनाथ खनाल र गुल्मी २ मा रामकुमारी झाँक्रि थोरै मतान्तरले दोस्रो स्थानमा छन् ।