मुस्ताङपछि मनाङमा कांग्रेसको क्लिन स्वीप



मनाङ ।
मुस्ताङपछि कांग्रेसले मनाङमा क्लिन स्वीप गरेको छ । यसअघि एमालेको गढ भत्काउँदै कांग्रेसले नयाँ इतिहास रचेको हो । यसपटक प्रतिनिधिसभा सदस्यमा कांग्रेसका टेकबहादुर गुरुङ विजयी भएका हुन् । उनले एमालेका पोल्देन छोपाङ गुरुङलाई पराजित गरेका हुन् ।
टेकबहादुरको २ हजार ५ सय ७५ मत ल्याउँदा पोल्देनले २ हजार २ सय ४७ मत ल्याए । ०७० सालको निर्वाचनमा पोल्देन छोपाङ गुरूङ प्रतिनिधिसभा सांसद भएका थिए । उनी ०७४ सालको निर्वाचनमा टेकबहादुर गुरुङसँगै पराजित भएका थिए । तर, यसपटक उनले बाजी मारेका हुन् ।
मनाङको प्रदेश सभा (क) मा कांग्रेसका मुनिन्द्रजङ गुरुङ गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । मुनिन्द्रले १ हजार २ सय ५५ मत ल्याएर एमालेका राजन गुरुङलाई पराजित गरेका हुन् । एमालेका गुरुङले ९ सय २५ मत ल्याएका थिए । मुनिन्द्रले ३ सय ३० मत अन्तरले जीत हात पारेका हुन् ।
मनाङ प्रदेशसभा ‘क’ मा २ हजार २ सय १० मत खसेको थियो । त्यसमध्ये ६ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ । यस्तै, राप्रपाले २३ मत पाएको छ । प्रदेशसभा ‘ख’ मा यसअघि नै राजीव गुरुङ उर्फ दीपक मनाङे सर्वसम्मत निर्वाचित भइसकेका छन् ।