काठमाडौं-१ बाट प्रकाशमान सिंह विजयी



काठमाडौँ १ को मतगणनाको अन्तिम परिणामअनुसार नेपाली कांग्रेसका प्रकाशमान सिंहले झिनो मतान्तरले राप्रपाका रवीन्द्र मिश्रलाई पराजित गरेका छन्।
सिंह ७ हजार १ सय ४० मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी राप्रपाका रवीन्द्र मिश्रले ७ हजार ११ मत प्राप्त गरेका छन्।मंगलबार बिहान मतगणना सकिएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले ४ हजार ११५, एमालेका किरण पौडेलले ३ हजार ५३२ मत र सुशासन पार्टीका रमेश खरेलले ३ हजार १२४ मत पाएका छन् । परिवर्तनको नारा दिएका उम्मेदवारहरू एक ठाउँ नहुँदाको फाइदा सिंहले उठाए ।