आठ दिनभित्र नतिजा सर्वजनिक गर्छौ : प्रमुख आयुक्त


  • आठ दिनभित्र नतिजा सर्वजनिक गर्छौ : प्रमुख आयुक्त
  • काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आइतबार सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मतगणना तिव्र रुपमा भइरहेको जनाएको छ ।
    मतदान सम्पन्न भएलगत्तै देखि सुरु गरिएको मतगणनाको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारीका साथ लागेको उनको भनाइ छ । ढिलोमा आठ दिनभित्र नतिजा सार्वजनिक गर्ने गरी मतगणना भइरहेको उनले बताए । काठमाडौं क्षेत्र नम्बर १० को मतगणनास्थलको निरीक्षण गर्दै उनले मतगणना रोकिएका क्षेत्रबाहेक अन्य सबै क्षेत्रको मतपरिणामको नतिजा आठ दिन भित्र आउने दाबी गरे ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *