एकीकृत समाजवादीले खाता खोल्यो, अछाममा कुँवर विजयी



अछाम ।
नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभा तर्फको निर्वाचनमा पहिलो जीत हासिल गरेको छ । अछामको निर्वाचन क्षेत्र नम्बर १ बाट शेरबहादुर कुँवर निर्वाचित भएका हुन् ।
कुँवरले १९ हजार ५३४ मत ल्याउँदै निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका झपटबहादुर बोहरालाई पराजित गरेका हुन् । बोहराले १५ हजार ४५ मत मात्र प्राप्त गरे । स्वतन्त्र उम्मेदवार राजन कुँवरले ४ हजार ३९२ मत ल्याए ।