समानुपातिकमा कुन दलले कति मत ल्याए



काठमाण्डौं ।
आइतबार सम्पन्न आम निर्वाचनको मतगणना जारी रहँदा समानुपातिकतर्फ नेकपा एमालेले अग्रता कायम राखेको छ । नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ ।
बुधबार बिहानको अद्यावधिक विवरणअनुसार पहिलो स्थानमा रहेको नेकपा एमालेले हालसम्म २ लाख ६ हजार ९७३ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले १ लाख ८३ हजार ८० मत प्राप्त गरेको छ ।
यस्तै तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई ९५ हजार १५ मत प्राप्त हुँदा नेकपा माओवादी केन्द्रलाई ८६ हजार ६३२ मत प्राप्त भएको छ । यस्तै पाँचौ स्थानमा रहेको राप्रपाले ४९ हजार ७०५ मत प्राप्त गरेको छ ।
यस्तै जसपाले १५ हजार १३५ मत, जनमत पार्टीले १५ हजार १३, नेमकिपाले ११ हजार ७०३, एकीकृत समाजवादीले १० हजार ८६४, नागरिक उन्मुक्ति पार्टीले ९ हजार ६९२ र अन्य पार्टीले ४३ हजार ५५७ मत प्राप्त गरेका छन् ।