बाँके क्षेत्र नम्बर–२ बाट राप्रपाका धवलशमशेर राणा विजयी



नेपालगंज ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभातर्फको निर्वाचनमा पहिलो जीत हासिल गरेको छ । बाँके क्षेत्र नम्बर–२ बाट धवलशमशेर राणा विजयी भएका हुन् ।
राणाले पूर्वमन्त्री तथा जनता समाजवादी पार्टीका नेता मोहम्मद इश्तियाक राईलाई पराजित गरे । राणाले २९ हजार ५७७ मत ल्याउँदा राईले २३ हजार ५२० मत मात्र ल्याउन सके । कांग्रेसका सुदीप नरसिंह राणाले ४ हजार ४०३ मत प्राप्त गरे भने राष्ट्रिय स्वतन्त्र पार्टीका विनोद कुमार अग्रहरीले १ हजार ३३३ मत ल्याए ।