एमालेका सचिव योगेश भट्टराई विजयी



काठमाडौं ।
प्रतिनिधिसभामा ताप्लेजुङबाट नेकपा एमालेका उम्मेदवार योगेश भट्टराई विजयी भएका छन् ।
मतगणनाको सुरुदेखि नै पछि परेका एमालेका सचिव भट्टराईले अन्तिममा पुनरागमन गर्दै ताप्लेजुङबाट दोस्रो पटक संसद यात्रा तय गरेका छन् ।
उनले निटतम प्रतिस्पर्धी माओवादीका खेलप्रसाद बुढाक्षेत्रीलाई २०९ मतले पराजित गरेका हुन् । भट्टराईले २१ हजार ९४३ मत पाए भने बुढाक्षेत्रीले २१ हजार ७३५ मत ल्याएका छन् ।