बाँके ३ मा कांग्रेसका किशोरसिंह राठौर निर्वाचित



बांके ।
बाँके जिल्ला निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर विजयी भएका छन् । वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार राठौरले २९ हजार ४० मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृत प्रकाशबहादुर भण्डारीले बताए ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार किस्मतकुमार कक्षपतिले २४ हजार दुई सय ४७ मत प्राप्त गरे । राठौरले चार हजार सात सय ९३ मतको अन्तरले कक्षपतिलाई पराजित गरेका हुन्।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार देवेन्द्रनाथ शुक्लाले सात हजार चार सय ३९ मत प्राप्त गरेको निर्वाचन अधिकृत भण्डारीले बताए । उनका अनुसार सो क्षेत्रमा कूल ७४ हजार दुई १३ मत खसेको थियो ।