समानुपातिक मत, कुन दलको कति ?



काठमाण्डौं ।
समानुपातिक निर्वाचनको मतगणनामा नेकपा एमालेले अग्रता कायम राखेको छ । पछिल्लो मत परिणाम अनुसार एमाले ९ लाख मत कटाएको छ ।
एमालेले ९ लाख ११ हजार २९० मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ८ लाख ७६ हजार ४८१ मत प्राप्त गरेको छ । तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीको ४ लाख ३९ हजार ५३८ मत रहेको छ भने नेकपा माओवादी केन्द्रको ४ लाख ८ हजार १०२ मत रहेको छ ।
राष्ट्रिय पार्टी बन्ने दौडमा रहेको राप्रपाको २ लाख ३७ हजार ५२४ मत रहेको छ भने जसपा नेपालको १ लाख १५ हजार ६५२ रहेको छ । जनमत पार्टीले ६९ हजार ४९५ प्राप्त गर्दा नेकपा (एकीकृत समाजवादी)को ६३ हजार १५९ मत रहेको छ ।
नागरिक उन्मुक्ति पार्टीको ६१ हजार ८०९ मत रहेको छ भने नेपाल मजदुर किसान पार्टीले ५६ हजार २३८ मत पाएको छ ।