चितवन–३ बाट राप्रपाका बिक्रम पाण्डे निर्वाचित



चितवन ।
चितवन–३ बाट प्रतिनिधिसभामा राप्रपाका उपाध्यक्ष बिक्रम पाण्डे निर्वाचित भएका छन् । उनले ३४ हजार ३६२ मत ल्याएर चुनाव जितेका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारीले २४ हजार ६७१, राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालले १४ हजार ७७९, कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालाले १२ हजार ५७ मत पाए ।
चितवन–३ मा डा. अधिकारीलार्इं नेपाली कांग्रेससहित सत्ता गठबन्धनमा रहेका दलले समर्थन गरेका थिए भने नेकपा एमालेले कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई समर्थन गरेको थियो ।