सुवास नेम्वाङको पाँचौं पटक संसदमा ‘इन्ट्री’



काठमाडौं ।
प्रतिनिधिसभामा इलाम क्षेत्र नम्बर २ बाट नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङ निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्कालाई ११४ मतान्तरले पराजित गरे ।
नेम्वाङले ३० हजार २० मत पाउँदा खड्काले २९ हजार ९०६ मत प्राप्त गरे । यसअघि २०५६ सालदेखि नेम्वाङले इलाम २ बाट लगातार निर्वाचन जित्दै आइरहेका छन् । यो उनको पाँचौ जित हो ।