स्याङ्जा २ मा नेपाली कांग्रेसको क्लीन स्वीप
काठमाडौं ।
स्याङ्जा निर्वाचन क्षेत्र-२ मा नेपाली कांग्रेसले क्लीन स्वीप गरेको छ । प्रतिनिधि र प्रदेशसभा दुवैमा कांग्रेसका उम्मेदवार विजयी भएका हुन् ।
प्रतिनिधिसभातर्फ धनराज गुरुङ निर्वाचित भएका छन् भने प्रदेशसभा (क) बाट कांग्रेसकै भोजराज अर्याल विजयी भएका छन् । यस्तै, २ (ख) मा पनि कांग्रेसकै महेश भट्टराई विजयी भएका छन् । प्रतिनिधिसभामा गुरुङले निकटतम प्रतिस्पर्धी एमालेकी पद्मा अर्याललाई पराजित गरेका हन् ।
गुरुङले ३१ हजार ४६६ मत ल्याएर विजय भए भने एमालेकी पद्मा आर्यालले २५ हजार ८३९ मत पाइन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले ८ हजार ११३ मत पाए ।
गण्डकी प्रदेशसभा २ ‘क’ तर्फ कांग्रेसका अर्यालले २७३० मतान्तरले एमालेका मोहन रेग्मीलाई पारजित गरेका हुन् । अर्यालले १५ हजार १६१ मत पाउँदा एमालेका रेग्मीले १२ हजार ४३१ मत ल्याए ।
२ ‘ख’ तर्फ कांग्रेसका भट्टराईले १८ हजार ८०८ मत ल्याएर विजयी भएका हुन् । उनले एमालेका बुद्धिमान श्रेष्ठलाई पराजित गरे । एमालेका श्रेष्ठले १६ हजार ९९९ मत ल्याए ।