आईसीसी विश्वकपमा आज नेपाल र स्कटल्याण्ड भिड्दै



काठमाडौं ।
आईसीसी विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजअन्तर्गतको दोस्रो खेलमा आज नेपालले स्कटल्याण्डको सामना गर्दैछ ।
नेपाल र स्कटल्याण्ड बीचको खेल युनाईटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो १ः४५ बाट सुरु हुनेछ । यस सिरिजमा दुवै देश दोस्रो खेल खेल्दैछन् । पहिलो खेलमा स्कटल्याण्डले नामिबियालाई पराजित गरेको थियो ।
नेपालले भने आफ्नो पहिलो खेल वर्षाले प्रभावित बनेपछि घरेलु टोलीसँग अंक बाँडेको थियो । यस सिरिजमा नेपाल,नामिबीया तथा स्कटल्याण्डको सहभागीता रहेको छ ।
नेपाल र स्कटल्याण्डले एकआपसमा दुई एकदिवसीय अन्तराष्ट्रियमा खेलेका छन् । एक खेलमा नेपाल तथा एकमा स्कटल्याण्ड विजेता बनेको छ ।