अर्जेन्टिना विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश



काठमाण्डौं ।
अर्जेन्टिना विश्वकफ फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा अष्ट्रेलियालाई २–१ गोल अन्तरले हराउँदै अर्जेन्टिना विश्वकपको क्वाटरफाइनलमा पुगेको हो ।
अहमद बिन अल स्टेडियमा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन कप्तान लियोनल मेस्सी र जुलियन आल्भारेजले एक–एक गोल गरे । यता अष्ट्रेलियाका लागि कार्गी गुडोइनले एक गोल फर्काए ।
मेस्सीले खेलको ३५औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । अर्जेन्टिनाका लागि खेलको ५७औं मिनेटमा आल्भारेजले गोल गर्दै टिमलाई अग्रता दिलाए । खेकको ७७औं मिनेटमा अष्ट्रेलियाले आत्मघाती गोल उपहार पाएपनि खेलमा जित निकाल्न सकेन ।
अर्जेन्टिनाका एन्जो फर्नान्डेजले आत्मघाती गोल गर्दा अष्टअष्ट्रेलियाले आत्मघाती गोल उपहार पाएपनि खेलमा जित निकाल्न सकेन ।
अर्जेन्टिनाका एन्जो फर्नान्डेजले आत्मघाती गोल गर्दा अष्ट्रेलिया २–१ गोलको अवस्थामा सिजन अन्त्य गर्यो । अब अर्जेन्टिनाले क्वाटरफाइनलमा नेदरल्यान्ड्सँग खेल्नेछ ।