इंग्ल्यान्ड सहज जितसँगै क्वाटरफाइनलमा



काठमाडौं ।
इङ्ग्ल्याण्ड जारी विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
अल बेयत रंगशालामा आइतबार सेनेगललाई ३-० ले पराजित गर्दै इंग्ल्यान्ड अन्तिम ८ मा स्थान बनाउन सफल रह्यो । पहिलो हाफमा दुई गोल गरेको इंग्ल्यान्डले दोस्रो हाफमा एक गोल थपेको थियो । इंग्ल्यान्डका लागि जोर्डन हेन्डरसन, ह्यारी केन र बुकायो साकाले गोल गरे ।
त्यसपछि खेलमा कुनै गोल हुन सकेन र खेल इङ्ग्ल्याण्डले ३-० ले जित्यो । ङ्ग्ल्याण्डले क्वाटरफाइनलमा फ्रान्ससँग खेल्नेछ । फ्रन्सले अइतबार राती भएको खेलमा पोल्यान्डलाई ३-१ गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।