प्रदेशसभामा ११० सिट जितेर कांग्रेस पहिलो, एमाले दोस्रो



काठमाडौं ।
आम निर्वाचन २०७९ अन्तर्गत प्रतिनिधि र प्रदेशसभा दुबैतर्फको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार सोमबार बिहान दोलखाको अन्तिम मतगणना सकिएसँगै मंसिर ४ गते भएको निर्वाचनको ३३० क्षेत्रकै मतपरिणाम आएको हो ।
७ वटै प्रदेशका ३३० वटा प्रदेशसभाका क्षेत्रमध्ये ११० निर्वाचन क्षेत्रमा नेपाली काँग्रेस जितेर पहिलो दल बनेको छ । दोस्रोमा नेकपा एमालेले ९० वटा निर्वाचन क्षेत्रमा जित हासिल गरेर दोस्रो बन्न सफल भएको छ ।
नेकपा माओवादी केन्द्रले भने ५३ स्थानमा मात्रै जित हासिल गरेर तेस्रो बनेको छ । नेकपा एकीकृत समाजवादीले भने १५ वटा निर्वाचन क्षेत्रमा मात्रै जित हासिल गरेको छ ।
यस्तै जनता समाजवादी पार्टीले ११ राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि ११, लोकतान्त्रिक समाजवादी पार्टीले ९, नागरिक उन्मुक्ति पार्टीले ७, जनमत पार्टीले पनि ७, हाम्रो नेपाली पार्टीले १ र स्वतन्त्रले १२ वटा निर्वाचन क्षेत्रमा जित हासिल गरेका छन् ।