सिंहदरबारभित्रैबाट साँचो थुतेर सरकारी गाडी चोरी



काठमाडौं ।
सिंहदरबारभित्रैबाट शुक्रबार सरकारी गाडी नाटकीय शैलीमा चोरी भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पार्किङबाट बा २ झ ३०५३ नम्बरको पिक अप गाडी चोरी भएको हो ।
सो गाडी बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को हो । परिषद्का पूर्व अध्यक्ष शालिकराम सिंहले चालक धनीराम मन्डलसँग साँचो थुतेर गाडी चोरी गरेका हुन् । चालक मन्डललाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।
परिषद्का अध्यक्ष शीतल साहले सो गाडी प्रयोग गर्दै आएका छन् । मन्त्रालयका सचिवसँग उनी छलफल गरिरहेका बेला पूर्व अध्यक्षले गाडी चोरेका हुन् ।