आजदेखि निर्वाचन आचारसंहिता हट्दै



काठमाडौं ।
मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले लगाइएको आचारसंहिता आज (सोमबार)देखि हट्ने भएको छ ।
गत असोज १२ गतेदेखि मुलुकभर लागु रहेको निर्वाचन आचारसंहिता मङ्सिर २६ गते सोमबारदेखि लागु नरहने आयोगले निर्णय गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो निर्णयको जानकारी नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायहरूमा गराइएको बताए ।
आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उक्त आचारसंहिता लागु गरेको थियो ।