राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जान तयार



काठमाडौं ।
यहि मंसिर ४ गते सम्पन्न आम निर्वाचनबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी हुने भएको छ ।
पहिलोपटक निर्वाचनमा भाग लिएर २० सिटसहित संसद् प्रवेश गरेको रास्वपाले सरकारमा जाने तयारी गरेको हो ।
त्यसका लागि दुवै गठबन्धनका नेताहरुबीच अनौपचारिक छलफल तथा संवाद भइरहेको एक नेताले बताए । रास्वपाले विदेशमा बस्ने नेपालीलाई भोट हाल्ने अधिकार, भ्रष्टाचार नियन्त्रण र विश्वविद्यालय क्षेत्रको सुधारसहितका एजेन्डा अघि सारेको छ ।
ती एजेण्डामा सहमति भएको खण्डमा जनताको पक्षमा काम गर्नेगरी रास्वपा सरकारमा जान तयार रहेको प्रवक्ता मुकुल ढकालले बताए ।