जाजरकोटमा जीप दुर्घटना हुंदा चालकसहित ११ जनाको मृत्यु


  • जाजरकोटमा जीप दुर्घटना हुंदा चालकसहित ११ जनाको मृत्यु
  • सुर्खेत । जाजरकोट जिल्लाको छेडागाड नगरपालिका ४ मा बोलेरो जिप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । छेडागाड नगरपालिका ५ खातिजेवाबाट नगर अस्पतालमा उपचार गर्नका लागि विरामी लिई जादै गर्दा एक्कासी अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटकाले जनाएको छ । कर्णाली प्रदेश ०२–००१ च ०४२९ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा ११ जनाको मृत्यु र २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरिक्षक नविन चदालिले जानकारी दिएको छ । मृत्यु हुनेमा १. छेडागाड नगरपालिका वडा नं. ५ का २८ वर्षिया दिपक अधिकारी २. छेडागाड नगरपालिका वडा नं. ५ का २६ वर्षिया नैनसरा अधिकारी ३. छेडागाड नगरपालिका वडा नं. ५ का ३५ वर्षिया जैकुवरा बुढा ४. छेडागाड नगरपालिका वडा नं. ५ का राम बहादुर बुढा ५. छेडागाड नगरपालिका वडा नं. ६ का विर बहादुर खत्री ६. छेडागाड नगरपालिका वडा नं. ३ का अम्मर बहादुर खड्का ७. छेडागाड नगरपालिका वडा नं. २ का मान बहादुर रावत ८. छेडागाड नगरपालिका वडा नं. ६ का विरेन्द्र केसी ९. छेडागाड नगरपालिका वडा नं. ५ का देविसरा बुढा १०.छेडागाड नगरपालिका वडा नं. ५ का निशा अधिकारी ११. छेडागाड नगरपालिका वडा नं. ५ का अमर बहादुर अधिकारी जिपमा सवार कति जना थिए भन्ने वारे खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *