विश्वकपमा आज अर्जेन्टिना र क्रोएसिया भिड्दै



काठमाडौं ।
कतारमा जारी फिफा विश्वकप–२०२२ अन्तर्गत सेमिफाइनलको पहिलो खेल आज (सोमबार) हुँदैछ । लुसेइल स्टेडियममा हुने पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्रोएसियाको सामना गर्दैछ ।
दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ मा सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै क्रोएसिया लगतार दोस्रो संस्करणमा फाइनल पुग्ने योजनामा हुनेछ । सन् २०१८ को विश्वकपमा क्रोएसिया फाइनल खेलमा फ्रान्ससँग पराजित भएको थियो ।
यता अर्जेन्टिना सन् २०१४ पछि पहिलो पटक विश्वकपको फाइनलमा स्थान बनाउने योजनामा छ । अर्जेन्टिना उक्त संस्करणमा जर्मनीसँग पराजित भएको थियो । त्यसैले आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण रहनेछ ।
दुई पटकको विश्व विजेत बनेको अर्जेन्टिना तेस्रो उपाधि नजिक पुग्ने योजनामा हुनेछ । अर्जेन्टिनाले सन् १९७८ र १९९६ को विश्वकप जितेको थियो । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी पनि अन्तिम विश्वकप यादगार बनाउने योजनामा छन् ।
मेस्सीका लागि यो विश्वकप अन्तिम मौका हुनेछ । अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने योजना बनाएका मेस्सीले यो विश्वकप उपाधि जित्दै अन्तिम विश्वकपका रुपमा लिने योजना बनाएका छन् ।
यता क्रोएसिया पनि अघिल्लो संस्कणमा गुमको उपाधि यो पटक भने आफ्नो बनाउने योजनामा छ । क्रोएसियाका कप्तान लुका मोड्रिच पनि आफ्नो अन्तिम विश्वकप यादगार बनाउने योजनामा छन् ।