अरुणाचलमा भारत र चीनका सेनाबीच भिडन्त


  • अरुणाचलमा भारत र चीनका सेनाबीच भिडन्त
  • लद्दाख । अरुणाचल प्रदेशको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भारतीय र चिनियाँ सेनाबीच भिडन्त भएको छ ।
    डिसेम्बर ९ मा भएको उक्त झडपमा आमनेसामनेले दुवै पक्षका सेनालाई सामान्य चोटपटकलागेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । अरुणाचल प्रदेशको तवाङ सेक्टरमा भिडन्त भएको थियो । चिनियाँ सेनाले एलएसी पार गर्ने क्रममा भिडन्त भएको जनाइएको छ । पूर्वी लद्दाखमा झडप भएको लामो समयपछि भारतीय र चिनियाँ सेनाबीच पछिल्लो झडप भएको हो ।
    यी मध्ये सबैभन्दा नराम्रो झडप जुन २०२० मा गलवान उपत्यकामा भएको थियो । झडपमा २० भारतीय सेना मारिएका थिए । चीनतर्फ पनि ठूलो क्षति भएको थियो । यो घटनाले दुई राष्ट्रहरू बीचको द्वन्द्वको शृंखला सुरु गरेको थियो । सैन्य कमाण्डर तहमा सम्पन्न धेरै बैठकपछि भारतीय र चिनियाँ सेना लद्दाखको गोगरा–हट स्प्रिंग्स लगायतका मुख्य बिन्दुहरूबाट फिर्ता भएका थिए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *