फ्रान्स र अर्जेन्टिना विश्वकपको फाइनलमा भिड्ने



काठमाडौं ।
कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनल खेल पुस ३ गते आइतबार हुने भएको छ ।
आइतबार हुने खेलमा फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन् ।
बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई हराउँदै फ्रान्सले फाइनलमा प्रवेश गरेसँगै फाइनल खेल अर्जेन्टिनासँगको खेल्ने पक्का भएको हो।
साविक विजेता समेत रहेको फ्रान्सले मोरक्कोलाई २-० ले हराएको हो । अर्जेन्टिनाले भने पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० ले हराएको थियो ।
फ्रान्स र अर्जेन्टिनाबीचको फाइनल खेल लुसिल स्टेडियममा आइतबार राति ८:४५ बजे सुरु हुनेछ ।
सन् २०१८ को विश्वकपको राउण्ड अफ १६ मा फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४-३ गोल अन्तरले हराएको थियो । हालसम्म फ्रान्स र अर्जेन्टिनाले समान दुई पटक विश्वकपको उपाधि हात पारेका छन् ।
यस्तै विश्वकप अन्तर्गत नै मोरक्को र क्रोएसियाबीच शनिबार राति तेस्रो स्थानको लागि खेल हुनेछ ।