भारतीय सेना नेपाली सेनासँग अभ्यास गर्दै



काठमाडौं ।
नेपाली सेना र भारतीय सेनाको संयुक्त सैन्य अभ्यास ‘एक्र्ससाइज सूर्य किरण–१६’ रुपन्देहीको सालझण्डीमा सुरु भएको छ ।
सूर्य किरणको १६औँ संस्करण मध्य पश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथी यामप्रसाद ढकालले शुभारम्भ गरेका छन् ।
अभ्यासमा विपद् व्यवस्थापनको समयमा उद्दार र स्वास्थ्य उपचार लगायत प्रतिविद्रोह तथा प्रतिआतंकवाद जस्ता विषयहरु समेटिएको नेपाली सेनाले जानकारी दिएको छ ।
अभ्यासमा नेपाली सेनाबाट प्रमुख सेनानी विमलकुमार वाग्लेको नेतृत्वमा ३३४ जना र भारतीय सेनाबाट कर्णेल हिमांशु बाहुगुनाको नेतृत्वमा ३३४ जना सहभागी छन् । अभ्यास आगामी पुस १४ गते सम्म सञ्चालन हुने छ ।