फाइनलअघि फ्रान्सका ५ खेलाडी बिरामी


  • फाइनलअघि फ्रान्सका ५ खेलाडी बिरामी
  • एजेन्सी । फिफा विश्वकप कतार २०२२ अन्तर्गत उपाधिका लागि आइतबार अर्जेन्टिना र फ्रान्स भिड्दैछन् । तर खेलको दुई दिन अघि फ्रान्सका खेलाडी बिरामी परेका छन् । यसैपनि प्रतियोगिता अघि नै टोलीका मुख्य खेलाडी घाइते भएपछि फ्रान्सले केहि कमजोर टोली घोषणा गरेको थियो । तर प्रशिक्षक डीडीएर डेस्च्याम्प्सले टोलीलाई पुन: एकपटक फाइनलको यात्रा तय गराएका छन् । पछिल्लो पटक उपाधि जित्दा मुख्य भूमिका निर्वाह गरेका एनगोलो कान्टे र पल पोग्बा यसपटक प्रारम्भिक टोलीमा नपर्दै घाइते भए । क्लब फुटबलमा उच्च प्रदर्शन गरिरहेका वेस्ली फोफाना, प्रेस्नेल किम्पेम्बे, माइक माइग्नन र क्रिस्टोफर एनकुन्कु पनि चोट लागेपछि विश्वकपबाट बाहिरीए । कतार आएपछि फरवार्ड करीम बेन्जेमाले चोट बोकेपछि फ्रान्सको विश्वकप उपाधि रक्षा गर्ने सम्भावना कमैले देखेका थिए । तर टोली लगातार जित हासिल गर्दै अघि बढ्यो । फ्रान्स अघि बढ्दै गर्दा चोटले पूर्ण रुपमा छोडेन । क्वाटरफाइनलमा इंग्ल्यान्डलाई हराएपछि टोलीमा स्वास्थ्य समस्या देखियो । सामान्य भाइरसले आक्रमण भनिएको रोगले सेमिफाइनलमा दुई खेलाडी अनुपस्थित रहे । मिडफिल्डर एड्रिएन राबीओट र डिफेन्डर डायोट उपामेकानो सुरुवाती रोजाइमा खेलिरहेका थिए । तर सेमिफाइनलमा उनीहरु उपस्थित थिएनन् । हाम्रोखेलकुदबाट  

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *