दलको नेता चुन्न रास्वपाको बैठक बस्दै
काठमाडौं ।
प्रतिनिधिसभामा चौथो शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दैछ । संसदीय दलको नेता चयन गर्न महाराजगन्जस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने भएको हो ।
पार्टीबाट नवनिर्वाचित सांसदहरूलाई आजै बिहान ८ बजे बधाई दिने कार्यक्रम पनि राखिएको सो पार्टीका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।
त्यसपछि संसदीय दलको नेता चयन प्रक्रिया थालिने उनले बताए । पार्टीका सभापति रवि लामिछाने नै संसदीय दलको नेता बन्ने पक्कापक्कीजस्तै छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीतर्फबाट गरी २० सिट जितेको छ ।