केलियन एम्बाप्पेलाई गोल्डेन बुट



काठमाडौं ।
कतारमा सम्पन्न भएको विश्वकप फुटबल २०२२ मा फ्रान्सका फरवार्ड केलियन एम्बाप्पेले गोल्डेन बुट जितेका छन् ।
विश्वकप फुटबल प्रतियोगितामा सर्वाधिक गोलकर्ता बन्दै एमबाप्पेले गोल्डेन बुट अवार्ड जितेका हुन् । सबैभन्दा धेरै ८ गोल गरेका उनले गोल्डेन बुट पाए ।
उनले प्रतियोगिताका सात खेलमा आठ गोल गरेका थिए । उनले अर्जेन्टिनाका लियोनल मेस्सीलाई पछि पार्दै गोल्डेन बुट हात पारेका हुन् । अर्जेन्टिनाका लियोनल मेस्सीले सात खेलमा सात गोल गरेका थिए ।
साथै अर्जेन्टिनाका गोलरक्षक इमिलियानो मार्टिनेज उत्कृष्ट गोलरक्षक भए भने ‘योङगेष्ट प्लेयर’ एन्जो फर्नान्डेज भए ।
आइतबार राती भएको फाइनल खेलमा फ्रान्सलाई ४-२ गोलअन्तरले हराउदै अर्जेन्टिनाले विश्वकपको च्याम्पियन बनेको छ ।