माधव नेपाल र प्रचण्ड बीच भेटवार्ता



काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
बिहान चितवन पुगेका प्रचण्ड दिउँसो फर्केपछि विमानस्थलबाट सिधै कोटेश्वरस्थित नेता नेपालको निवास पुगेका थिए । प्रचण्ड र नेपालबीच एक घण्टाभन्दा बढी समय कुराकानी भएको जनाइएको छ । उनीहरूबीच नयाँ सरकार गठन लगायतका विषयमा कुरा भएको बताइएको छ ।
आइतबार मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीले सात दिने म्याद दिएर दलहरुलाई संविधानको ७६ (२) अनुसार नयाँ प्रधानमन्त्री सिफारिस गर्न समय दिइसकेका छन् । राष्ट्रपतिको आह्वानलगत्तै आइतबार साँझ प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका थिए ।