देशभर चिसो बढ्यो, जुम्लाको तापक्रम माइनस ५.४ डिग्री



काठमाडौं ।
जम्मु कस्मिरमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ । आज (बुधबार) बिहान पहाडी भेगमा बदली छ भने तराईमा हुस्सु लागेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १ मा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ ।
बिहीबार प्रदेश १ र गण्डकीमा आंशिक बदलीको आकलन महाशाखाले गरेको छ । त्यसबाहेक बिहानको समयमा तराई भूभागका केही स्थानमा हुस्सु लाग्ने गरेको छ । तर मध्यान्नपछि क्रमिक रुपमा सुधार हुँदै जाने गरेको छ ।
आज काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियस रहेको छ भने नेपाको सबैभन्दा चिसो हुने स्थान जुम्लाको न्युनतम तापक्रम माइनस ५ दशमलव ४ डिग्री सेल्सियस रहेको छ ।