सन्दीप लामिछानेको पेशी सर्यो
काठमाडौं ।
नाबालिग किशोरीलाई जबरजस्ती करणीको मुद्दामा सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध पुनरावेदनको पेशी सरेको छ ।
उच्च अदालत पाटनमा बिहीबारका लागि पेशी तोकिए पनि सन्दीप पक्षकै कानुन व्यवसायीले निवेदन दिएर पेशी सारेका हुन् ।
जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए ।
सर्वोच्च बारको अधिवेशनमा कानुन व्यवसायीहरु व्यस्त हुने भएपछि आजको पेशी हटाइएको सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले बताएका छन् । उनले अब अर्को बिहीबार सुनुवाइ हुने बताए ।