४० जिल्लाका गुप्तचर प्रमुख फेरिए



काठमाडौं ।
राष्ट्रिय अनुसन्धान विभाग(गुप्तचर)मा व्यापक हेरफेर भएको छ । एसपी र डिएसपी गरी ४० जिल्लाका प्रमुख फेरिएका छन् ।
सरुवा अनुसार चितवनका शेरजंगबहादुर चन्दको धादिङ, कमल प्रसाद भट्टराईको चितवन, तनहुँका उत्तम खनालको कास्की, कास्कीका मनोज ढकालको स्याङजा, नरेश बमको बर्दिया, हरिश बिष्टको कैलाली, सुदीप अधिकारीको सिन्धुपाल्चोक, राजन प्रजापतिको काभ्रे, मोहन कुँवरको बाँके, नरेन्द्र गिरी कपिलवस्तु, हुमकान्त पाण्डे रुपन्देही, वीरेन्द्र सिंह कार्की बाग्लुङमा सरुवा भएको छ । प्रधानमन्त्री कार्यालयका सचिवस्तरबाट सरुवाको निर्णय भएको हो ।