तेस्रो दलका नेता प्रचण्ड १६६ मतसहित प्रधानमन्त्री



काठमाडौं ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच आलोपालोको आधारमा प्रधानमन्त्री बन्ने सहमति भएको छ ।
एमाले अध्यक्ष केपी ओलीको सरकारी निवास बालकोटमा भएको एमाले, माओवादी सहितका दलहरूको बैठकले प्रचण्डलाई पहिलो कार्यकालको प्रधानमन्त्री बनाउने सहमति गरेको हो ।
प्रचण्डलाई प्रधानमन्त्री बनाउने एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपासहितका दलको १६६ मतसहित प्रधानमन्त्री बनाउ सहमति जुटेको छ ।
बालकोटमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति जुटेसँगै नयाँ समीकरणका दल राष्ट्रपति समक्ष प्रधानमन्त्री दाबी गर्न शीतल निवास हिँडेका छन् ।