विष्णु पौडेललाई सरकारमा पठाउने एमालेको निर्णय


  • विष्णु पौडेललाई सरकारमा पठाउने एमालेको निर्णय
  • काठमाडौं । नेकपा एमालेले उपाध्यक्ष विष्णु पौडेललाई सरकारमा पठाउने निर्णय गरेको छ । सोमबार बालकोटमा बसेको पदाधिकारी बैठकले पौडेललाई प्रचण्ड नेतृत्वको सरकारमा पठाउने निर्णय गरेको हो ।
    उनले उपप्रधानसहित अर्थ मन्त्रालय लिने एमालेका एक नेताले जानकारी दिए । पौडेलले यसअघि पनि अर्थमन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् । आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड १६९ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका थिए । उनको शपथ आजै ४ बजे हुँदैछ । शपथलगत्तै उनले सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *