रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बन्ने



राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बन्ने भएका छन् ।
सोमबार नयाँ बानेश्वरमा बसेको सत्ता गठबन्धनको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई उपप्रधानसहित गृह मन्त्रालयको जिम्मेवारी दिने सहमति भएको हो ।
रास्वपाका प्रवक्ता मुकुल ढकालले लामिछाने गृहमन्त्री बन्ने पक्का भएको बताए । 'सभापति रवि लामिछानेले उपप्रधानसहित गृहमन्त्रालय सम्हाल्नुहुन्छ । सत्ता गठबन्धनमा सहमति भएको छ,' प्रवक्ता ढकालले भने ।
गृह मन्त्रालयमा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि दाबी गरेका थिए । तर, श्रेष्ठ आफ्नो अडानबाट पछि हटेपछि लामिछानेलाई गृह मन्त्रालयको जिम्मेवारी दिने सहमति सत्ता गठबन्धनमा भएको हो ।